चरिकोट, ५ मंसिर
नवौं राष्ट्रिय कर दिवसको अवसरमा करदातालाई सम्मान गरेको छ । सप्ताहरुपमा सञ्चालन भईरहेको कर दिवसको अवसरमा आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो । जिरी नगरपालिका जिरीमा रहेको एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थालाई कर दिवसको अवसरमा सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा एकीकृत फ्रेण्डसिप सहकारीले जिल्लाभित्रमा सबैभन्दा बढी कर तिरे बापत दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए । एकीकृत फ्रेण्डसीप सहकारी संस्थाका अध्यक्ष भूमिराज खड्कालाई समारोहकाबीच सम्मान भएका हुन् ।
उक्त एकीकृत फ्रेण्डसीप सहकारीले १० लाख तीन हजार कर तिरेको थियो । संस्थाले नौ करोड ७८ लाख कारोबार गरेका थियो । उक्त रकममध्ये संस्थाले कारावारको आधारमा करको नियमअनुसार ५ प्रतिशत रकम कर तिरेको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यता र करदाता सेवा कार्यालय दोलखाका प्रमुख राम कुमार श्रेष्ठको अध्यक्षतामा करदाता सम्मान कार्यक्रम भएको थियो । कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमाल र सम्मानित व्यक्तित्व भूमिराज खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति:
शुक्रबार, मंसिर ५, २०७७, ०७:५०:००