चरिकोट, ११ मंसिर
दोलखाली सर्जकका दुई पुस्तक राजधानी काठमाण्डौमा सार्वजनिक भएका छन् । पुस्तकको राजधानीमा आयोजित एक समारोहका बिच सूचना प्रविध तथा सञ्चार मन्त्री पार्वत गुरुङले एक समारोहका विच सार्बजनिक गर्नु भयो ।


विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले प्रकाशन गरेको दोलखाली सर्जकहरुको पुस्तक समिक्षा समावेस गरिएको दोलखाली सर्जक पुस्तक समिक्षा र बुक हिलद्धारा प्रकाशित कवि एम. बी. खड्काको कविता संग्रह डाँडाको लाँकुरी सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक कार्यक्रममा दोलखाली सर्जक र सञ्चारकर्मीको जमघट रहेको थियो ।
प्रकाशित मिति:
बिहिबार, मंसिर ११, २०७७, १६:११:००