चरिकोट ११ मंसिर
कोरोना भाईरसका कारण बन्द रहेको प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरमा यस बर्षको कातिक पुर्णिमाका दिन लाग्ने मेला स्थगित गरिएको छ । सरोकारवाला निकायसँगको छलफल पछि जिल्ला प्रशासन कार्यालय दोलखाले आज सूचना प्रकाशन गरी मंसिर १५ गने लाग्ने मेला सञ्चालन नहुने जनाएको छ । यद्यपी मन्दिरमा गरिने दैनिक नित्य पुजा भने जारी रहने स्थानीय प्रशासनले जनाएको छ ।
प्रकाशित मिति:
बिहिबार, मंसिर ११, २०७७, १६:३२:००