चरिकोट, १६ मंसिर
फेसबुकमार्फत आयोजना गरेको फोटो प्रतियोगिताका उत्कृष्ट फोटोलाई नगद पुरस्कार प्रदान गरेको छ । विदेशमा रहेका नेपालीहरुको सामाजिक संस्था स्मार्ट दोलखा स्वतन्त्र आवाजद्धारा आयोजना गरेको फेसबुक फोटो प्रतियोगितामा विजेता ३ जनालाई नगद र प्रमाणपत्र प्रदान गरेको छ ।
फेसबुकमा पोष्ट गरेका फोटोहरुमध्ये लाइक, कमेन्ट र शेयरको आधारमा उत्कृष्ट मानिएको थियो । प्रथम हुनेमा भीमसेन श्रेष्ठ, द्वितीय शंकर तामाङ र तृतीय बारिष्ट दावा विजेता भएका थिए । पुरस्कार क्रमश पाँच हजार, तीन हजार र दुई हजार र प्रमाणपत्रको व्यवस्था गरेको थियो ।
पुरस्कार प्रदान कार्यक्रममा आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, स्मार्ट दोलखा स्वतन्त्र आवाजका सल्लाहकार तारा तामाङ र कोषाध्यक्ष विन्दा कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । विदेशमा रहेका नेपालीहरुको पहलमा फेसबुक फोटो प्रतियोगिता आयोजना गरिएको थियो । यस अभियानमा सरोज केसी, सविता बुढाथोकी, रमेश बस्नेत, पार्सुक पोखरेल र विन्दा कार्की लगायतको पहलमा फोटो प्रतियोगिताको आयोजना गरेका थिए ।
दोलखा जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रहरुको फोटोमार्फत प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको स्मार्ट दोलखा स्वतन्त्र आवाजका सरोज केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति:
मंगलबार, मंसिर १६, २०७७, ०७:४२:००