चरिकोट, १८ मंसिर
विपद्को बेला हुने भौतिक संरचना लगायतको क्षतिलाई न्युनिकरण गरी जोखिम व्यवस्थापन गर्ने सम्बन्धी विमा कम्पनीहरुसँग परामर्श कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
युरोपेली आयोगको मानवीय सहायता विभागको आर्थिक तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को प्राविधिक सहयोगमा अनि हुराडेक नेपाल दोलखाको सहजीकरणमा दोलखाको भीमेश्वर नगरपालिकामा सञ्चालन हुँदै आएको बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना भएको कार्यक्रम दोलखामा कार्यरत बिमा कम्पनीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै भीमेश्वर नगरपालिकामा विपद् जोखिम व्यवस्थापन प्रमुख ईन्जिनीयर सुरेश राउतले भौतिक संरचनाहरुको बिमा मार्फत जोखिम हस्तान्तरणलाई नगरपालिकाले अभियानकै रुपमा सञ्चालन गर्ने बताउँन भयो । जसको लागि नगरपालिकाले मार्गदर्शन तयार गर्न लागेको समेत वहाँले सो अवसरमा जानकारी दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै युएनडीपीका भेष पराजुललीले शहरी क्षेत्रमा हुने विकास जोखिम न्युनिकरण र प्रतिकार्यका लागि सबै सरोकारवाला निकायसँग मिलेर काम गर्ने बताउँनु भयो । कार्यक्रममा नेपाल विमांक संघका दोणप्रसाद आचार्यले विद्यमान विमा नीति र गैरसंरचना विमाको अवस्थाको बारेमा भर्चुअल माध्यमबाट जानकारी दिनु भएको थियो ।
प्रकाशित मिति:
बिहिबार, मंसिर १८, २०७७, ०८:०२:००