चरिकोट, २४ मंसिर
अन्तर्राष्ट्रिय भष्टाचार विरुद्धको दिवसको अवसरममा दोलखामा सूचनाको अधिकारको कार्यन्वयन अवसर र चूनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाद्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सूचना अधिकारको व्यवहारिक कार्यन्वयनका बारेमा अवधारणा पत्र प्रस्तुत गर्नु हुँदै नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष जीवन लामाले सार्वजनिक निकायहरुलाई सूचना प्रवाह बारे जानकारी नुहँदा सर्वसाधारणले सूचना प्राप्त गर्न नसकीरहेको उल्लेख गर्नु भयो ।
यसै गरी कार्यक्रममा सूचना अधिकारका क्षेत्रमा काम गर्ने अभियान्ता विच सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको दोलखा शाखा गठन बारेमा पनि परामर्श छलफल भएको थियो । छलफल पश्चात दिलबहादुर के.सी.को संयोजकत्वमा परामर्श समिति गठन भएको छ । समितिका सदस्यहरुमा शेबहादुर भुजेल, गायत्री आचार्य, रत्ना तामाङ, मन्दिरा थापा तारादेवी बस्नेत, र ईश्वर वि.क. रहनु भएको छ । कार्यक्रममा भर्चअल माध्यमबाट सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका केन्द्रिय अध्यक्ष उमिद वागचनले सूचना अधिकार र सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले गर्ने कार्यहरुको बारेमा विस्तृतमा जानकारी गराउँनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेलले भ्रष्टाचार न्यूनिकरणका लागि सूचना अधिकार महत्वपुर्ण औजार भएको बताउँनु भयो ।
प्रकाशित मिति:
बुधबार, मंसिर २४, २०७७, १७:२५:००