चरिकोट ३ पुस
दोलखाको भिमेश्वर नगरपालिकामा पौष १ गतेदेखि ४ दिने नगरस्तरीय अग्नी नियन्त्रण सम्वन्धी तालिम सुरु भएको छ । भीमेश्वर नगरपालिकाको आयोजना, युरोपियन युनियन मानविय सहायता विभागको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था मानव अधिकार तथा सचेतन विकास केन्द्र, हुराडेक नेपाल दोलखाको साझेदारीमा सञ्चालित वहुप्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजनाले तालिम आयोजना गरेको हो । परियोजना भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ मा सञ्चालित छ ।
तालिममा नपरपालिकाको अग्नी नियन्त्रक समुह, नगर प्रहरी, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना, नेपाल स्काउट र समुदायस्तरको विपद प्रतिकार्य टोली लगायतका २८ जनाको तालिममा सहभागिता रहेको छ । काठमाडौं महानगरपालिका अग्नी नियन्त्रन विभागका पुर्व प्रमुख किशोर कुमार भट्टराईले तालिमको सहजीकरण गरिरहनु भएको छ ।
प्रकाशित मिति:
शुक्रबार, पुस ३, २०७७, १०:४८:००