चरिकोट, ४ पुस
भीमेश्वर नगरपालिकाकै गौरवको आयोजनाका रुपमा रहेको भीमेश्वर रङ्गशाला आज शिलान्यास गरिएको छ । भीमेश्वर रङ्गशालाको एक कार्यक्रमका बिच नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले शिलान्यास गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री गुरुङले दोलखा र आसपासकै गौरवको आयोजना भीमेश्वर रङ्गशाला निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरपालिकाले प्रत्यक वर्ष ४ करोड रुपैयाँ विनियोजन गर्दै आयोजना पहिलो चरणमा निर्माण सुरु गरेको जानकारी दिनुभयो । रङ्गशाला निर्माण गर्न बजेट अभाव रहेकाले सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको थियो ।
आरसीसी प्याराफिट सहितको भीमेश्वर रङ्गशाला पहिलो चरणमा कर बाहेक ११ करोड १५ लाख ७७ हजार ४ सय ५२ रुपैयाँमा किरातेश्वर/सिमपानी जे।भी।ले निर्माण गरिरहेको छ । २०७७ साउन २५ गतेबाट निर्माण सुरुभएकोमा पहिलो चरणको काम २४ महिनामा निर्माण सक्ने लक्ष्य लिइएको छ ।
प्रकाशित मिति:
शनिबार, पुस ४, २०७७, १८:२७:००