दोलखाको भिमेश्वर नगरपालिका ५ धर्मघर स्थित चरिकोट जिरी सडक खण्डमा भएको सवारी दुर्घटनामा एकको ज्यान गएको छ । नवलपरासी बाट तामाकोसी स्थित लामा कन्ट्रक्सनको लागी जाली बोकी आएको ना ७ ख ३२६८ नं। को ट्रक चरिकोट जिरी सडक खण्ड स्थित सडकमा अचानक पल्टिन जांदा सहचालक चितवन जिल्ला राप्ती नगरपालिका ९ रसौली बस्ने अन्दाजी २४ बर्षका बुद्धि बहादुर तामाङको ट्रकले च्यापेर घटनास्थलमै मृत्यु भएको प्रहरजीले जनाएको छ ।
दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक बर्ष ३० का अर्जुन बराल घाइते भइ उपचारको लागी चरिकोट अस्पताल ल्याइ उपचार भइरहको, छ भने घटनास्थलमा थप अनुसन्धानका लागि प्रहरी परिचालन गरीएको र ट्कलाई स्काईभेटरको सहायताले उठाइ लास निकाली पोष्माटम को लागी चरिकोट अस्पतालको शबगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
बुधबार, पुस ८, २०७७, १३:३९:००