चरिकोट, पुष १५
गौरीशंकर गाउँपालिकाको खारे कसेरीमा मंगलबार चिकित्सकको टोली पुगेर स्थानीयको स्वास्थ्य उपचारमा गरेका छन् । स्थानीयहरुको निशुल्क स्वास्थ्य उपचारको लागि चरिकोट अस्पतालका चिकित्सकहरु डा. विनोद दंगाल, डा. हुल्सा पौडेल र डा. इन्द्रा भट्टराई खारेको कसेरी पुगेका हुन ।
गौरीशंकर गाउँपालिका र ८ नम्बर वडा कार्यालयको पहलमा स्वास्थ्य शिविर आयोजना भएको हो । विरामीलाई आवश्यक औषधिलगायतको व्यवस्था समाजसेवी जंग बहादुर गुरुङ र ईन्जिीनीयर सुरेश राउतले गरेका थिए ।

वडा नम्बर ८ खारे वडा कार्यालयको पहलमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ७८ जनाले प्रत्यक्ष लाभ लिएका छन् । शिविरमा विशेष गरी पाठेघर खसेका महिलाहरुको बढी उपस्थिति रहेका थिए । चाँडो चाँडो बच्चा जन्माउने, सानैमा विहे गर्ने, धेरै बच्चा जन्माउने र समयमै उपचार नगर्नाले पाठेघर खस्ने लगायतको समस्या महिलाहरुले भोग्नुपरेको डा. विनोद दंगालले जानकारी दिनु भयो । ग्रामीण तहका महिलाहरुले राम्ररी स्वास्थ्य शिक्षा नपाउनु, आईरन, क्याल्सीयमको कमिको कारण स्वास्थ्य समस्या भोग्नु परेको छ ।

कार्यक्रम पश्चात ह्याण्डीकाप इन्टरनेशनको सहकार्यमा डाक्टर हुल्सा पौडेलले खारेका स्थानीय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि विभिन्न सामग्री वितरण गर्नु भएको छ । डा. पौडेलले इन्सेन्टिभ स्पाइरोमीटर दुई थान, ट्वाईलेट कुर्सी पाँच वटा, एण्टी डिभीटी स्कोकिङ दुई थान र ब्ल्वाङकेट २० थान प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति:
बुधबार, पुस १५, २०७७, १५:१८:००