चरिकोट, २५ फागुन
सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग भए पछि नेकपा एमाले दोलखाले कार्यालय सञ्चालनमा ल्याएको छ । सदरमुकाम चरिकोटको सातदोबाटो चोक स्थित मनमोहन स्मृति प्रतिष्ठानको भवनमा रहेको साइन वोर्ड परिवर्तन गरी नेकपा एमाले लेखिएको बोर्ड टाँस गरिएको छ ।
आजबाट विधिवत रुपमा नेकपा एमाले दोलखा सञ्चालनमा आएको र पार्टीका गतिविधिक प्रभावकारी ढंगले सञ्चालनका लागि कार्यालय सञ्चालन गरिएको पार्टी अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनु भयो । साईनवोर्ड परिवर्तन गर्ने कार्यक्रममा नेकपा एमालेका उपलब्ध नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसै विच सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले पत्राचार गर्ने भएको छ । दुबै दलका नाम र चुनाव चिन्हका लागि सम्पर्कमा आउन पत्राचार गर्ने भएको हो ।
नेकपा विवाद टुंग्याउने ठूलो सकस पाएको आयोग अदालतको फैसलाबाट सहज बनेको छ । उसले फैसला कार्यान्वयन गर्ने गरी आयोगले पत्राचार गर्ने तयारी गरेको हो ।अदालतको फैसला अनुसार दुबै दललाई पुनः एकीकरण भएर नयाँ नाम लिएर आउन वा साविककै एमाले र माओवादी केन्द्रको नाम दर्ताका लागि प्रक्रिया अगाडि बढाउन आयोगले मौका दिनेछ । एमालेको सूर्य चिन्ह र माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नै हुने स्रोतले जनाएको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन २५, २०७७, १३:४२:००