चरिेकोट, १ चैत्र
सारथी बचत तथा ऋण सहकारी संस्था लि. आजबाट ९ वर्षमा प्रवेश गरेको छ । भीमेश्वर नगरपालिका वडा नं. ३ र ६ का विभिन्न व्यापार व्यवायमा आवद्ध व्यक्तिहरुले सहकारी सञ्चालनमा ल्याएका थिए । २०६९ सालदेखि सञ्चालनमा आएको यस सहकारीले बिना धितो ऋण प्रवाह गर्दै आएको एक मात्र सहकारी संस्थाको पहिचान समेत बनाएको छ ।
सहकारी संस्था नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज सञ्चालक समिति र शेयर सदस्यहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष गोविन्द श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष चौलागाईले शेयर सदस्यको संख्या र बचत भन्दापनि सहकारीको मूल्य मान्यता अनुसार संस्था सञ्चालन गर्नुपर्ने बताउनु भयो । अहिलेसम्म यस सहकारीले दोलखाका सहकारीहरुमध्ये छुट्टै पहिचान कायम गरेको बताउनु हुँदै वहाँले छोटो समयमै संस्थाले धेरै व्यवसायीहरुको मन जित्न सफल भएकाले आगमी दिनमा यसलाई निरन्तरता दिन आग्रह पनि गर्नुभयो । संस्थामा हाल ४५० भन्दा बढी शेयर सदस्य रहेका छन् ।
प्रकाशित मिति:
आईतबार, चैत १, २०७७, १६:४९:००