चैत्र २०, चरिकोट
नेपाल पत्रकार महासंघ वागमती प्रदेशका समावेशी सचिव पदमा ई दैनिक खबरका प्रकाशक तथा अध्यक्ष जीवन लामाले उम्मेद्धारी दर्ता गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको अध्यक्ष समेत रहनुभएका लामाले प्रगतिशिल व्यवसायिक पत्रकार एलाईन्सका तर्फबाट उम्मेद्धारी दर्ता गर्नुभएको हो । लामा दोलखाको पहिलो सामुदायिक रेडियो कालिञ्चोक एफएमका स्टेसन म्यानेजर समेत हुनुहुन्छ ।
सामुदायीक रेडियो प्रसारक संघ वागमती प्रदेशका उपाध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय सदस्यको जिम्मेवारी पुरा गरिसक्नुभएको छ भने लामा चरिकोट मिडिया फाउण्डेशनको अध्यक्ष समेत हुनुहुन्छ । २०६३ साल देखी पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील लामाले वागमती प्रदेशका पत्रकारहरुलाई मतदानका लागी अनुरोध गर्नुभएको छ ।
प्रदेश सदस्य पदमा दोलखाका पत्रकार सन्तोष भुजेल, महेन्द्र श्रेष्ठ र श्याम खतिवडाले विभिन्न छुट्टा छुट्टै विभिन्न एलाएन्सबाट उम्मेद्धारी दर्ता गर्नुभएको छ ।
दोलखाकी पत्रकार निराशी थामी भने नेपाल पत्रकार महासंघ वागमती प्रदेशको अल्पसंख्यक सदस्यमा निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।
प्रकाशित मिति:
शुक्रबार, चैत २०, २०७७, १६:३८:००