चैत २४
दोलखा जिल्लामा क्रियसिल नागरिक संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको २९ औँ स्थापना दिवस सदरमुकाम चरिकोटमा सोमबार सम्पन्न भएको छ ।
मानब अधिकार सामाजीक न्याय र पारदर्शिताको लागि हाम्रो खबरदारी, विकासको लागि स्थानीय सरकारसँग हाम्रो साझेदारी भन्ने मुल नाराका साथ स्थापना दिवस मनाइएको हो । संथाका अध्यक्ष उद्धब प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष होम पाठकलाई संस्थालाई पुयाउनुभएको योगदानको कदर गर्दै सम्मान गरीएको छ । कार्यक्रममा सकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नु हुँदै हुराडेक नेपाल दोलखाले विगतका दिनहरुमा जिल्लामा मानव अधिकार संरक्षण र प्रवद्र्धनका लागि उल्लेखिय कार्य गर्दै आएको बताउँनु भयो ।
आफ्नो स्थापना दिवसको अवसरमा हुराडेक नेपाल दोलखाले आफ्नो कार्यालयमा मानव अधिकार डेक्स स्थापना गरेको छ । मानव अधिकार हनन् वा अन्य विभिन्न घटनाहरको अध्ययन अनुसन्धान र मानव अधिकार संरक्षण र सहायताका लागि मानव अधिकार डेक्स स्थापना गरिएको संस्थाका अध्यक्ष उद्धवप्रसाद पोखरेलले जानकारी दिनु भयो । साथै हुराडेक नेपालले बार्षिक रुपमा मानव अधिकार संरक्षण र प्रवद्र्धनका क्षेत्रमा योगदान पुर्याउने व्यक्रि वा संघ संस्थालाई प्रदान गर्ने गरी मानव अधिकार संरक्षण पुरस्कार घोषणा गरेको छ । हुराडेक नेपालले पुरस्कारका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको अक्षयकोषको व्यवस्था गरी सोही कोष मार्फत पुरस्कार प्रदान गर्ने अध्यक्ष पोखरेलले बताउँनु भयो ।
कार्यक्रममा विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनीधी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
मंगलबार, चैत २४, २०७७, ०७:४७:००